NEWS DESK
-धिरेन्द्र बिसी
सचिव - बाल सल्लाहकार समिति, सिविस
सर्वप्रथम राष्ट्रिय बाल दिवश २०८३ को सम्पूर्ण बालबालिका तथा सरोवारवालाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। हामी लगातार दुई वर्षको राष्ट्रिय बाल दिवसमा निराश र स्तब्ध भएका छौ । गत साल जेन-जी आन्दोलन र अहिले रसुवाको भोटेकोशी नदिमा आएको बाढीले बाल दिवसको उत्साह, उमङ्ग र रौनकलाई स्तब्ध बनाएको छ। बाढीले घर ,परिवार, विद्यालय मात्र बगाएन बाल्यकाल तथा सयौ सपनाहरु सदाका लागी बगायो ।
जलवायु परिवर्तन, अव्यवस्थित बस्ती, वन जंगल विनाश, कमजोर भौतिक संरचना र अप्रयाप्त पूर्व तयारीका कारण प्राकृतिक विपद दिनहुँ झन बढ्दै गइरहेको छ। हालै भाद्र १० गते रसुवाको भोटेकोशीबाट सुरुभएको विनाशकारी बाढीले धेरै परिवार तहसनहस बनायो। बाढीले घर, सडक, पुल विद्यालय तथा अन्य अन्य भौतिक संरचनामा ठुलो क्षति पुर्यायो यसको सबैभन्दा गहिरो असर बालबालिकाको जीवनमा परेको छ। यस विनाशकारी बाढिले करिब २२ हजार बालबालिकालाई प्रभावित पारेको छ। कयौ बालबालिका बाढीको भेलमा कलिलो जीवनसँगै सदाका लागी बगे।
हजारौ बालबालिकाको अवस्था नाजुक भएको छ ,न त आमा बुबा, घर, आफन्त र विद्यालय नै बाकी छ, सबै बगेको छन। बालबालिकाको भविष्यका साथै बाल्यकाल पनि बगेको छ। बालबालिकाको लागी परिवार सर्वोपरि हो तर परिवार नै नरहदा उनीहरु विछिप्त छन। एउटा बालबालिकाको लागी विद्यालय केबल पढ्ने ठाउमात्र होइन, त्यौ हजारौ सपन्ना बुन्ने थलो हो जहा, बाल्यकाल वित्छ त्यहि विद्यालय पनी बगाउदा शिक्षाको निरन्तरता र भविष्यको एउटा बाटो पनी अवरुद्ध भएको छ। अब बालबालीका राज्यको राहतको भरमा आफूलाई बलियो बनाउदै छन् ।
यस्तो विषम परिस्थितिमा बालबालिकालाई विशेष संरक्षण गर्नु सबैको दायित्व हो। यस्तो बेलामा बालबालिकाको पोषणपालन, हेरचाह, दुव्यवहारबाट सुरक्षित, उद्धार र सुरक्षित वातावरणमा राख्नु राज्य तथा सरोकारवाला निकायको पहिलो प्राथमिकता हो।
बाढीले भत्काएका भौतिक संरचना बन्लान, आवासविहिनहरुले आवास पाउलान तर कलिला बालबालिकाकाले आफ्ना अभिभावक पाउदैनन, बाढिले खोसेको बाल्यकाल फर्कदैन ।
राज्यसँग बाल बालबालिकाको साझा माग छ, बाढीबाट प्रभावित भएका बालबालिकालाई विशेष प्राथमिक्ता राखि खोज उद्दार र राहत वितरणलाई प्रभावकारी बनाउनुपर्छ ।
उद्वार भएका बालबालिका ज्यमिष्लन ऋभलतभच वा सेफ हाउसमा पनि विभिन्न प्रकारका दूव्यवहारमा पर्न सक्ने भएकाले विशेष सुरक्षाको व्यवस्था मिलाउनुपर्छ। बालबालिकाको पुनःस्थापना तथा शैक्षिक क्रियाकलापमा निरन्तरता गराउनु अर्को महत्वपूर्ण विषय हो। घरवार विहिन र परिवार विहिन बालबालिकाको लागी राज्य अभिभावक बनेर कलिला बालबालीकाको भविष्य उज्यालो बनाउनुपर्छ। बाढीबाट प्रभावित बालबालिका जीवीको पार्जन गर्ने क्रममा विभिन्न दुव्यवहार तथा शोषणमा पर्न सक्छन ।
राज्यबाट विशेष सेवासुविधा सहित संरक्षण गनुपर्छ बालबालिकाकाको उद्धार, राहत तथा पुनः स्थापना गर्न राज्यका सम्पूर्ण निकाय, नागरिक समाज तथा सामाजिक सङ्घसस्थासँग समन्वय गरी अगाडी बढनुपर्छ ।
जलवायु परिवर्तन र प्राकृतिक विपद प्रति सजग बनौं, वातावरण संरक्षणमा हातेमालो गर्दै अघि बढौं,विपद पूर्वसूचना प्रणालीलाई बालियो बनौं, सुरक्षित विद्यालय निर्माण गरौं, बालमैत्री उद्धार तथा राहत प्रणाली बनाउ,बाल अधिकारको सुनिश्चित गरौं र बाल संरक्षण प्रणालीलाई प्रभावकारी बनाऔं ।
अन्त्यमा,
बालबालिका केबल सहायता पाउने समूह मात्र होइनन, परिवर्तनका साझेदार पनि हुन विपदपछि पुननिर्माणको योजना बनाउदा बालबालिकाको विचारलाई कदर गर्नुपर्छ। बाढीको भेल रोक्न नसकिएला, तर बालबालिकाको भविष्य बग्नबाट रोक्नु हाम्रो जिम्मेवारी हो।”
धन्यवाद
जय बालबालिका