वरिष्ठ सौन्दर्यविद सुश्मा महरा एसियन प्रोफेसनल एचिभमेण्ट अवार्डबाट सम्मानित
NEWS DESK
Sep-13 तारिख 06:27 बेलुका

काठमाडौं, २८ भाद्र – फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ सौन्दर्यविद सुश्मा महरा एसियन प्रोफेसनल एचिभमेण्ट अवार्डबाट सम्मानित हुनुभएको छ । सिजन मिडियाद्वारा आईतवार आयोजित अवार्ड वितरण कार्यक्रम माझ उहाँ आईकोनिक लिडरशिप इन ब्युटि इन्डस्ट्री अवार्डबाट समानित हुनुभएको हो । गणतन्त्र नेपालका प्रथम रास्ट्रपति डा रामवरण यादव, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपालका लागी बाङ्गलादेशका राजदुत र सिजन मिडियाका अध्यक्ष  प्रदिप राज वन्तले संयुक्त रुपमा उहाँलाई सम्मान गर्नुभयो ।

उहाँको नेतृत्वमा हालसम्म फेसियल हाउसको देशभर १२ वटा ब्रान्चहरु बिस्तार भएका छन् भने करिब ३०० जनाले रोजगारी पाएका छन् । 

 

धेरै पढिएको