NEWS DESK
काठमाडौँ मलका व्यवसायीहरूले तीज पर्वको अवसरमा आयोजना गरेको तीज भेला मा बाढी पहिरोमा परी दिवंगत आत्मालाई एक मिनेट मौन धारण गर्नुका साथै मानवीय सेवाको भावनासहित सबै मिली प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा राहत पनि एकठ्ठा गरी भन तरिकाले पनि तीज मान्न सकिन्छ भन्ने उदाहरण सहित मनाइयो/
काठमाडौँ मल व्यवसायी तीज भेलामा सहभागी व्यवसायीहरूले तीजलाई भेटघाट, आत्मीयता, सद्भाव र सांस्कृतिक एकताको पर्वका रूपमा मनाउँदै यसपटक रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति प्रति समर्पित गर्दै कुनै पनि तरक भरक नगरी न नाची सहयोगी हात फैलाई सबै ब्यबसाई ले ऐक्यबद्धता जनाएका सब्य रुपमा ब्यबसाई तीज सम्पन्न गरेका छन् ।
कार्यक्रममा बोल्दै आयोजक सुष्मा महराले भदौ १० गते रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै पीडित परिवारलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेकोले हामीहरुलाई भेला हुन यो तीज दर प्रोग्राममा सबै एकै ठाउमा भेला भय र नाच गान नै गर्नु पर्छ भन्ने छैन हामी ब्यापारी एक जुट भयौ भने सुखी हामी आफ्नो खुशी र दुख साठगाठ मात्र हैन नेपाली नेपालीका दुख सुख मा पनि एक जुट भै सहयोगी हात फैलाउन सक्ने बताइन्। बाढीका कारण कतिपयले आफन्त गुमाएको, घरबार तथा जीवनभरको मेहनतले जोडेको सम्पत्ति गुमाएको भन्दै उनले दुःखको समयमा पीडितसँग हातेमालो गर्नु सबैको सामाजिक दायित्व भएको बताइन्।
तीज भेलालाई केवल मनोरञ्जन र उत्सवमा सीमित नराखी पीडित परिवारका लागि सहयोग संकलन गर्ने अवसरका रूपमा समेत उपयोग रहेकोले महराले यस तीज दर प्रोग्राम सहयोग एकाठा गर्ने योजना ले गरेकी आयोजक सुष्म महरा बताई । सबै सहभागी व्यवसायी तथा उपस्थित महानुभावहरूलाई आ–आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह पनि गरिन ।
कार्यक्रममा बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सहभागीहरूले एक मिनेट मौनधारणसमेत गरेका थिए।
व्यवसायीहरूले दुःखमा परेका नेपाली नागरिकलाई सहयोग गर्नु नै मानवीयताको परिचय भएको बताउँदै महरा भन्छिन् “दुःखमा साथ दिऔँ, खुसीमा एक–अर्कासँग रमाऔँ र आवश्यक परेको बेला सहयोगको हात फैलाऔँ”
काठमाडौँ मल व्यवसायीहरूको तीज भेलाले सांस्कृतिक उत्सवसँगै सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको सन्देशसमेत प्रवाह गरेको छ।