ठूलो भर्‍याङमा विद्युत् सर्टबाट आगलागी, २२ लाखको धनमाल क्षति
NEWS DESK
Aug-09 तारिख 06:10 बिहान

काठमाडौंको नागार्जुन नगरपालिका २ ठूलो भर्‍याङस्थित एक व्यापारिक भवनमा विद्युत् तार सर्ट भएर आगलागी हुँदा करिब २२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

ठूलो भर्‍याङमा रहेको मञ्जु श्री ट्रेडर्सको दोस्रो तलामा विद्युत् तार सर्ट भई आगलागी भएको हो। आगलागीबाट पसलमा रहेका विभिन्न सामग्री जलेर क्षति भएको बताइएको छ।

आगलागीको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गणबाट टोली घटनास्थलमा पुगेको थियो। टोलीले अन्य सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाइएको छ।

यसैबीच, काठमाडौं महानगरपालिका २७ जमलमा साउन २३ गते भएको आगलागीसमेत नियन्त्रणमा लिइएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका हुन्।

धेरै पढिएको