तराई-मधेशको पछिल्लो अवस्थाबारे राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति यादव र प्रथम उपराष्ट्रपति झासँग छलफल
NEWS DESK
Jul-31 तारिख 07:16 बेलुका

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायत तराई मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितीका बारेमा प्रथम राष्ट्रपति डा रामबरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासंग छलफल गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति पाैडेलले सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबैले पहल गर्नुपर्ने धारणा राख्नुभएको उहाका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । प्रथम राष्ट्रपति डा यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षमता  राख्नुपर्ने बताउनुभएको थियो  ।

धेरै पढिएको