भीमफेदीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु
NEWS DESK
Nov-12 तारिख 11:16 बिहान

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घा"इते भएका छन्।
बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घ"टना भएको हो।
दु"र्घटनामा गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइ*ते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा  उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त  टोलिले उद्दार जारी राखेको छ  ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवत्ता एवम डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । 

धेरै पढिएको