NEWS DESK
नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक प्रहरी जवानको मृत्यु भएको छ ।
नारायणघाटबाट कावासोतीतर्फ जादै गरेको बाप्र०२-०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ त ३६३३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक डडेलधुराको खटेडा १ का नेपाल प्रहरीका जवान २४ वर्षका लोकेश भण्डारीको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
उहाँ प्रहरी पहरा गण सामाखुसी काठमाडौ दरबन्दी भई मन्त्री क्वाटर भैसीपाटीमा कार्यरत रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो । घाइते भई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा लगि उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
ट्याक्टर र ट्याक्टर चालक नवलपुरको कावसोती १३ का ३२ वर्षीय लोकबहादुर महतोलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।