NEWS DESK
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। मतदानका लागि काठमाडौंको राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।
त्यस्तै, खुलामञ्चमा अन्य प्रदेशका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ। कोशी प्रदेश (तराई–मधेस बाहेक), मधेस प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यका लागि खुलामञ्चमा मतदान हुनेछ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूलाई सम्बन्धित मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न आग्रह गरेको छ।
समितिका अनुसार मतदानस्थलमा मतदाता परिचयपत्र तथा निर्वाचन आचारसंहिताले निषेध गरेका वस्तुहरू प्रवेश गराउन पाइने छैन।