NEWS DESK
ललितपुर, भदौ २ । उपसभामुख रुवीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, ललितपुरमा जाहेरी दर्ता गराएकी छन्।
उपसभामुख ठाकुरले आफूलाई राखी बाँध्ने व्यक्तिसँग नाम जोडेर समाचार प्रकाशन गरिएको र त्यसबाट आफ्नो इज्जत तथा प्रतिष्ठामा आँच पुगेको आरोप लगाउँदै श्रेष्ठविरुद्ध जाहेरी दिएको प्रहरीले जनाएको छ।
समाचारमा आफ्नो नाम जोडेर गलत तथा प्रतिष्ठामा असर पर्ने सामग्री प्रकाशन गरिएको दाबी गर्दै ठाकुरले कानुनी कारबाहीको मागसहित प्रहरीमा जाहेरी दिएको बताइएको छ।
यसैबीच, जाहेरी परेको दिन सोमबार नै सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि श्रेष्ठको रिहाइ भए पनि उनीविरुद्ध उपसभामुख ठाकुरले प्रहरीमा जाहेरी दिएकी हुन्।