भदौ १० मा प्रधानमन्त्री शाहसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर
NEWS DESK
Aug-18 तारिख 06:04 बिहान

 

काठमाडौं, भदौ २ । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १० गते हुने भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी दिनुभएको हो। कार्यक्रमका लागि प्रश्न राख्न इच्छुक सांसदहरूले भदौ ५ गतेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्ना प्रश्न दर्ता गराउनुपर्नेछ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा कुल १५ जना सांसदले प्रत्यक्ष प्रश्न राख्न पाउनेछन्। प्रतिनिधिसभामा रहेका ६ वटा राजनीतिक दलबाट एक–एक जना सांसदलाई प्रश्न सोध्ने अवसर दिइनेछ भने बाँकी ८ जना सांसद दलहरूको प्रतिनिधित्व र हैसियतका आधारमा छनोट गरिनेछ।

यस व्यवस्थाअनुसार सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तुलनात्मक रूपमा बढी सांसदले प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने अवसर पाउनेछन्।

यसअघि आजै बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका विभिन्न विषय र प्रश्नको जवाफ दिन सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई निर्देशन दिनुभएको थियो। आगामी प्रश्नोत्तर कार्यक्रममार्फत सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा समसामयिक राजनीतिक, आर्थिक तथा सार्वजनिक सरोकारका विषयमा प्रश्न राख्नेछन्।

धेरै पढिएको