नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त
NEWS DESK
Nov-05 तारिख 06:14 बिहान

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ।

अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसका आधारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

नियुक्तिपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुवेदीलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन्। सो अवसरमा अर्थमन्त्री वाग्लेले जिम्मेवारीलाई इमानदारी, निष्पक्षता र व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिएका छन्।

सुवेदीको नियुक्तिसँगै नेपालको पुँजी बजारको नियमन, व्यवस्थापन तथा संस्थागत सुदृढीकरणमा नेप्सेले थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

धेरै पढिएको